राणा र लोहनीबीच आज पार्टी एकता हुँदै


काठमाडौं । पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीबीच आज पार्टी एकता हुँदैछ ।

आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर दुई पार्टीले एकताको घोषणा गरिनेछ ।
पार्टी एकताका लागि दुबै पार्टीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गरेका थिए भने बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिने भएको छ ।  सहमति अनुसार एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुने बताइएको छ ।

पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।
चुनाव चिन्ह भने हलो राख्ने सहमति भएको छ । एकतापछि पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई सशक्त रूपमा उठाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?