राणा र लोहनी एक भए


काठमाडौं । पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकीकरण भएको छ ।

काठमाडौंमा शुक्रबार राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र लोहनी नेतृत्वको एकिकृत राप्रपा(राष्ट्रवादी)बीच एकता भएको घोषणा गरिएको हो ।

दुई पार्टी एकीकरणपछि बनेको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने प्रस्ताव गरिएको छ । बिहीबार राणा र लोहनीले १० बुँदे पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त आधारपत्रमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुख्य नीति र सिद्धान्त हुने उल्लेख छ, जुन थापा नेतृत्वको राप्रपाले पनि उठाइरहेको छ ।

कार्यक्रममा नेता डा. प्रकाश चन्द्र लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने बताउँदै संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?