सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता घिमिरे भ्रष्टाचारी ठहर


काठमाडौं । विशेष अदालतले सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई भ्रष्टाचारी ठहर गरेको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्धय रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको संयुक्त इजलाशले घिमिरेलाई भ्रष्टाचारी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई २०७३ फागुन १५ गते २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोगको विशेष टोलीले उनलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

विशेषले दोषी ठहर गरे लगत्तै घिमिरेको जागिर पनि गएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा फेला पारेका थिए ।

विशेषले उनलाई १५ दिन कैद सजाय हुने फैसला सुनाएको छ । उपन्यायाधिवक्ता घिमिरेलाई अख्तियारले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालत २०७३ चैतमा मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?