सिंहदरबार मूलगेटमा नेवि संघको प्रदर्शन


काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार सरकारविरुद्ध सिंहदरबार मूलगेटमा प्रदर्शन गरेको छ ।

डा.गोविन्द केसीसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलूनमा सरकारविरोधी नारा लेखेर उडाएका थिए । उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

नेविसंघले गएको माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो ।

डा. केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?