तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति


काठमाडौं – नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई  कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए ।

धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख्दा पनि लैङ्गिक पहिचान  स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नु पर्ने बताए ।

नेपालमा नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमाथि छलफलमा सांसदले उनीहरुकोप नि सम्मान हुने गरी उपयुक्त शब्द खोज्नु पर्ने बताए ।

नेपाल समाचार पत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?