नेवि संघले जलायो सरकारी गाडी


काठमाडौं । नेपाल विद्यार्थी संघ(नेवि संघ)का कार्यकर्ताले कास्कीको पोखरामा सरकारी गाडीमा आगजनी गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी चढ्ने बा १ ज ५८८६ नम्बरको गाडी उनीहरुले जलाएका हुन् । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।

शनिबार सरकारी गाडी चल्न नदिने संघको केन्द्रीय सर्कुलर अनुसार जलाइएको नेविसंघ कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?