भारतबाट ४० नेपाली युवतीसहित १ सय १ जनाको उद्वार


काठमाडौं । भारत हुँदै विभिन्न तेस्रो मुलुक लैजान लागिएका ४० नेपाली युवतीसहित १ सय १ जनालाई भारतीय प्रहरीले उद्धार गरेको छ ।

उनीहरुलाई बेच्ने गिरोहका ६ जनालाई समेत भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको सहयोगमा भारतको मणिपुरबाट मानव बेचबिखन गर्ने उद्देश्यसहित महिलाको उद्धार गरिएको हो ।

भारतीय प्रहरीले यो अहिलेसम्मकै ठूलो अपरेसन भएको जनाएको छ । मणिपुर कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका सदस्य केइशम प्रदीपकुमारले भने, ‘यो सबैभन्दा ठूलो रेसक्यु अपरेसन हो । जहाँ एकैपटक सयौं महिलाको उद्दार गरिएको छ ।’ भारतको मोरिच सहरबाट प्रहरीले बेचबिखन गर्न लगिएका ४० महिलाको उद्धार गरेको थियो ।

टेनगोपाल जिल्लाका प्रहरीले पीडित महिलालाई मोरिच सहरका होटलबाट उद्धार गरेको जनाएको छ । मणिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा मणिपुरको इम्फालबाट नेपाली महिलासँगै अन्य देशका युवतीको समेत उद्धार गरिएको हो ।

मानव बेचबिखन गर्ने गिरोहले उनीहरुलाई मणिपुरबाट म्यान्मार हुँदै गैरकानुनी रुपमा इराक र दुबई पु¥याउने योजनामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?