मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली


सिरहा – मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला

 राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री  केपी ओलीले बताएका छन् । उनले शनिबार १५ औँ हेमनारायण स्मृतिसभामा सम्बोधन गर्दै सिरहा सिरहाली जनतालाई विशेष धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सिरहा जस्तै मधेसका अरु जिल्ला पनि विस्तारै बुझ्दै जानेछन्, तर कसरी बुझेनन् मलाई अच्चम लाग्छ । मधेस विकासका लागि हरेक क्षेत्रमा योजना ल्याएका छौँ । काठमाडौंसँग तराई जोड्ने द्रुत मागैदेखि देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल मधेसमा नै बन्दै छ ।’

मधेसको जीवनरेखा भनिने हुलाकी मार्ग सप्तरीमा मेडिकल कलेज, कमला कोसी डाइभर्सनमाफर्पत सिाँचाइ जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता रहेको उनले बताए । ‘मधेसमा झलमल्ल बनाउने गरी विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ भन्दै उनले तीन महिनभित्र जनकपुरको विमानस्थल झलमल्ल हुने र रात्रिकालीन उडान सुरु हुने बताए ।

 नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?