‘लुना’ लोकार्पण


काठमाडौँ : डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा  आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो । सो अवसरमा शताब्दी पुरुष जोशीले आफूले विसं १९९५ मा पढेको ‘रुपमति’देखि ‘लुना’सम्म आइपुग्दा उपन्यासमा धेरै विविधता आए पनि जीवनवादी दृष्टिकोणले यो उपन्यास अहिलेसम्मकै फरक रहेको बताउनुभयो । लेखक डा लाकौलले आफ्नो जीवन असाध्यै जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृतिले आफूलाई ‘शेली’को कविता याद दिलाएको बताउनुभयो । ‘भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ’ भन्ने उक्ति जस्तै यस कृति पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने बेलामा लेखेकाले यसले समाजलाई प्रेरणा दियो भने आफूलाई खुशी लाग्ने बताउनुभयो ।
घोष्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । उक्त कृतिको मूल्य रु ३५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?