एनआईसी एशिया बैंकको शाखा विस्तार


काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा संचालनमा आएको छ ।
शाखाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे । हाल बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदा नगदैृ आएको छ । बैंकले १७५ अर्ब निक्षेप संकलन गरी १४९ अर्ब कर्जा लगानी गरेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?