यस्तो छ आजको विदेशी मुद्राको भाउ


काठमाडौं । अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १९ पैसा तोकेको छ । सोमबार डलरको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २९ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो ।

यस्तै मंगलबार कतारी रियाल १ को ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ । सोमबार यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो ।

यस्तै यूएई दिर्हाम १ को ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । सोमबार खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा थियो ।

मलेसियन रिंगिट १ को २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ । सोमबार रिंगिटको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३ सय ५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
सोमबार कुवेती दिनार १ खरिददर ३ सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ १४ पैसा तथा बहराइन दिनारको १ को खरिददर ३ सय १ सय ५७ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ १६ पैसा थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा छ । सोमबार यसको भाउ घटेर खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?