फागुनभित्र कर्मचारी समायोजन सक्न कठिन


काठमाडौं । आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन देखिएको छ ।

संघीय मामिला ताथ समान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि कर्मचारीको चौतर्फी दबाबका कारण समयमै सक्न सकस देखिएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फारम भरेका छन् ।

मन्त्रालयले आइतबार नै करिब २ हजार उपसचिवको समायोजन सक्ने गरी काम अघि बढाए पनि केही समुहका उपसचिवहरुको संघमै रहनुपर्ने चर्को दबाबपछि प्रक्रिया नै अवरुद्ध भएको छ ।

पछिल्लो पटक प्रदेशमा पठाउन लागिएका १४ जना राजस्व समूहका उपसचिवका कारण समायोजन प्रक्रिया नै अवरुद्ध भएको हो ।

कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?