सिके राउतका कार्यकर्ताविरुद्ध राज्यद्रोह मुद्दा


बाँके । प्रहरीले बाँकेको जानकी गाउँपालिका–२ बाट पक्राउ परेका सिके राउतका ९ कार्यकर्ता विरुद्ध राज्यद्रोह मुद्दामा म्याद लिएर अुनसन्धान शुरु गरेको छ ।

बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?