“हुन्थ्यो”


मनिषा बिमली
चौतारीको,
पेरी फेरीमा भए हुन्थ्यो ।।
तिम्ले पानी हाल्ने पिपलुको
म एक हांगा भए हुन्थ्यो ।।
टक्क ,
उचाईको सिर्रर बतासमा
थप छाया भए हुन्थ्यो ।।
बायाँ तिर पिपलु छ
दायाँ पाए हुन्थ्यो।।
झ्याम्म,
गरि लर्किएको बृक्ष त्यो
सुन्दर पत्र हुन पाए हुन्थ्यो
लड्दै गरेका सितका थोपा
ति छुन पाए हुन्थ्यो ……
अरु ,
खाली, खाली सबै यहाँ
पुर्ण भए हुन्थ्यो
रित्तिएको उदास मन भित्र
माया भए हुन्थ्यो ……।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?