मालपोतका नासु ६ हजार रुपैयाँ घुससहित पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका नायव सुब्बा घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नासु कुमारबहादुर राजभण्डारीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नासु राजभण्डारीसँगै बिचौलिया बाबुराजा शाक्यलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको निगरानीका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

नासु राजभण्डारी र बिचौलिया शाक्यविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?