असई बनाइदिन्छु भन्दै ७० हजार घुस


काठमाडौँ । नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो ।

भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साहसँग दुई महिनाअघि ७० हजार घुस लिएका थिए, जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि चार लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमति थियो । उनीहरुबीच पाँच लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ ।

नयाँपत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?