भारतमा स्वाइन फ्लूले मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो


काठमाडौं । भारतको राजस्थानमा स्वाइन फ्लूले मृत्यु हुनेको संख्या १ सय ७ जनाको पुगेको छ ।
आइतबार मात्रै स्वाइन फ्लूबाट दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजस्थानका केही गाउँमा स्वाइन फ्लूले सयौं व्यक्ति बिरामी परेका छन् ।
राजस्थान राज्य सरकारका अनुसार, दुई हजार नौसय ४१ जना स्वाइन फ्लूका कारण अस्पताल भर्ना भएका छन् । यो संख्या बढ्दै गएको स्वास्थ्य विभागले जनाएको छ ।
केही स्थानमा चिकित्सकको टोली खटाइएको छ । अझै कयौं गाउँमा स्वास्थ्यकर्मी पुग्न नसकेको जनाएको छ ।
जनवरीको शुरुआतसँगै राजस्थानका केही गाउँमा स्वाइन फ्लू देखिएको थियो । यो फैलिँदै गएर यो एक महिनामा एकसय सात जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?