मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी


काठमाडौँ । सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ ।

आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न मागसमेत गरेको छ ।

समिति संयोजन श्रीराम न्यौपानेले नेपाली व्यवसायीको भुक्तानी नहुन्जेल अन्य नेपाली निर्माण कम्पनीलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे ।

उनले भने,‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुंगो नलगाई अगाडि नबढ्न आग्रह गर्छु ।’ आयोजनाबाट नेपाली व्यवसायीको झन्डै डेढ अर्ब भुक्तानी नभएको गुनासो पोखे ।
अन्नपूर्णपोस्ट् दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?