राष्ट्र बैंकले २ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

एक सूचनामार्फत बैंकले उक्त परिमाणको बिल खरीदका लागि सोमबार नै बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।

सोमबार तीन बजे बोलकबोल हुने सूचनामा बताइएको छ । ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

राष्ट्र बैंकले गएको माघ २१ गते पनि ५ अर्ब १६ करोड रुपैयाँको ट्रजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?