भारतमा आत्मघाती आक्रमणमा १८ सुरक्षाकर्मीको मृत्यु, ४४ घाइते


एजेन्सी । भारत प्रशासित जम्मू कश्मीरको पुलवामा भारतीय सुरक्षाकर्मीमाथि आत्मघाती आक्रमण भएको छ । आक्रमणमा परेर १८ सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४४ जना घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी समूह जैश(ए)मोहम्मदले लिएको छ ।  सिआरपीएफको जवानहरूलाई लक्षित गरेर आत्मघाती हमला गरिएको हो ।

४० भन्दा बढी सैनिक जवान रहेको बसलाई लक्षित गरेर हमला भएको सुरक्षा स्रोतले बताएको छ । श्रीनगर–जम्मू राजमार्गमा ठूलो संख्यामा सिआरपीएफ सुरक्षाकर्मी एक ठाउँबाट अर्को ठाउँमा गइरहेको बेला आक्रमण गरिएको हो ।

घाइते सुरक्षाकर्मीलाई श्रीनगरको सैन्य अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । सिआरपीएफका आईजी ज़ुल्फिकार हसनले आक्रमणबारे भनेका छन्, ‘यो सैन्य समूहमा ७० गाडी थिए । जसमा एक गाडीमाथि हमला भयो । यो सुरक्षाकर्मीको समूह जम्मूबाट श्रीनगर गइरहेको थियो ।’ यो हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा शब्दमा निन्दा गरेका छन् ।
त्यसै गरी भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि घटनाको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?