अमिताभ बच्चनले काश्मिर घटनामा मारिएका परिवारलाई सहयोग गर्ने


एजेन्सी ।  अमिताभ बच्चनले जम्मू काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई सहयोग गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएका हुन् ।  अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

गएको वर्ष अमिताभले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।
बिहीबार भएको आत्मघाती हमलामा ४२ जना (सीआरपीएफ जवानको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?