जम्मू–काश्मीरमा अर्को विष्फोट, मेजरको मृत्यु


एजेन्सी । जम्मू–काश्मीरको पुलवामामा शनिबार भारत पाकिस्तान सीमा नजिक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दका अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन । प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । त्यतिबेला उनले भर्खरै खनेको माटो देखे । उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो । उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

गत बिहीबार भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । विस्फोटमा ४२ जना भारतीय अर्ध सैनिक बलका जवानहरुको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?