उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकीका अपराधी आतंकबादी मसुद अजहरलाई किन जोगाउंदैछ ?


युगनाथ शर्मा पौडेल
नेपाली समय अनुसार बुधबार गएराती १२ बजेको समयमा चीनले हालैका दिनमा भारतको पुलावामा आक्रमणका योजनाकार जैस ए मोहमदका नाईके मसुद अजहरलाई अन्तराष्टिय आतंकबादी घोषणा गर्न रोक्नकालागि मात्र आफनो भिटो अधिकारको प्रयोग गरेको छ । अमेरिका समेत फ्रान्स बेलायत र रुसले मसुद अजहरलाई आतंकबादी घोषणामा समर्थन गरेर अगाडि बढेको बेला चीनको यो भिटोले मसुद फेरि एक पटक अन्तरष्टिय आतंकबादी घोषणा हुनबाट जोगिएका छन सम्भवत भारतको आतंकबादी बिरुद्धको अभियानमा यो चीनका तर्फबाट दिइएको ठूलो झडका हो । त्यसो त चीन भारत र पाकिस्तानको बीचमा बसेर खेलेर मध्यस्थताको भूमिका खोज्दैछ तर राष्टसंघको भुमिका अस्वीकार गरेको भारतको आजको नेतृत्व त्यसकालागि तयार भएको अबस्था छैन । चीनले पाकिस्तानलाई उपयोग गरेर भारतमाथि दबाब बनाउन यसो गरेको हो भने पनि पुलावामामा आफनो हात स्वीकारेको मसुदको टोली जोगाउने चिनिया कदम उसकालागि धेरै सहज भने हुने छैन ।
चिनिया राष्टपतिलाई भारतको गुजरात समेत दिल्लीमा निमन्त्रणा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको नरम झुला कुटनीतिले पनि कुनै निष्कर्ष निकालेन त्यतीमात्र होइन चीनको उहानमा उनले देखाएको कुटनीतिक कौशलताको पनि चीनले कुनै कदर गरेन डोक्लामको त्रासदी पछि । भारत र पाकिस्तानलाई हालका दिनमा युद्धको सँघारमा पुर्याइदिनेगरी कश्मीरमा आत्मघाती आक्रमण गराउने ,भारतीय अर्ध सैनिक सुरक्षाकर्मीमाथि आक्रमण गर्ने ,समूहका नाइके जो पाकिस्तानमा बसेका छन उनलाई आतङ्कवादी घोषणा गर्ने प्रक्रियालाई चीनले फेरि स्थगित गराएपछि यसपटक अमेरिका बिगतभन्दा फरक शैलीमा प्रस्तुत भएको छ । अमेरिकाले चीनले यस्तै गरि निहु खोजेमा अर्को बिकल्प खोज्ने धम्की पनि चीनलाई दिएको बासिडटन स्थित समाचारदाताहरुले जनाएका छन । भारतीय बिदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानसंग आतंकबाद र बार्ता एकसाथ हुन नसक्ने भन्दै तत्कालकालागि भारत पाक बार्ताको सम्भावनालाई अस्वीकार गरेकी छन । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफनो छबि राम्रो बनाउने हुन भने मसुद अजहर भारतलाई सुम्पुन किनकी अजहर भारतका अपराधी हुन त्यस बाहेका हफिज सइद र दाउद इब्राहिमलाई पनि भारत सुपुर्दगी गरि जिम्मेबार बन्न आग्रह गरेकी छन । भारतीय कश्मीरको पुलवामामा हालै ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको जैश ए मोहम्मदका नाइके मसूद अजहर हुन यो लगभग पुष्टि भएको बिषय हो ्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्समक्ष मसुद अजहरको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध तथा हातहतियार प्रतिबन्ध लगाउने प्रस्ताव लगिएको थियो । यदि त्यो प्रस्ताव पास भएको भए अजहरमाथि पर्ने दबाबले आतंकबाद बिरुद्ध बिश्वब्यापी लडाइमा नै सकारात्मक प्रभाव पर्ने थियो तर दुर्भाग्य त्यो हुन पाएन ।

अन्तिम क्षणमा आएर नेपालको उत्तरी छिमेकी चीनले नेपालको दक्षिणी छिमेकी भारत जोसंग नेपालको खुल्ला सीमाना पनि छ उसको देशमा आतंकबादी आक्रमण गराउने मसुद अजहरलाई जोगाएर भारत बिरुद्ध ठूलै प्रहार गरेको छ । त्यसो त चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यसलाई स्थगित गराउन अनुरोध गरेको थियो । यदि नियमानुसार भने उक्त स्थगन नौ महिनासम्म लम्बिन सक्छ यो पनि नौ महिना पछि लागिएको प्रस्ताव नै थियो कतिपय । पाकिस्तानको निकट सहयोगी देश चीनले मसूद अजहरसम्बन्धी प्रस्तावलाई त्यसरी रोकिदिएको यो चौथो पटक हो दश बर्ष यता । पाकिस्तानको समर्थनमा चीनले त्यसरी प्रस्ताव स्थगन गराइदिने गरेको छ भारतीय मिडियाहरुले यो प्रकरणमा चीनको खुलेर आलोचना गरेका छन भने भारतीय बुद्धिजीबीहरुले चीनलाई दुश्मन देशको सूचिमा राख्न सुझाव दिएका छन त्यसो त भारतमा सत्तापक्ष र प्रतिपक्षबीच यो घटनापछि चीनको नीतिबारे खुलेर एक अर्काबीच आलोचना भएको छ भारतीय सरकारले बिगत पन्ध्र बर्षदेखि चीन नीति स्पष्ट गरेका छैनन किनकी हिन्द चीन भाइ भाइको नेहरु नारा सन १९६२ को भारत चीन युद्ध पछि ब्रम्हपुत्रमा मिल्काइएको छ र त्यो भारतको भूलथियो भन्ने भारतको पछिल्लो निष्कर्ष देखिन्छ । त्यसो त हिजोको कुरा गर्ने हो भने भारतीय सरकारले अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा अगाडि बढाइएको सो प्रस्तावलाई समर्थन जनाएका अन्य सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएको छ भारतको यो कदमको पक्षमा हिजोका दिनमा एक देश पनि खुलेर नआउने गरेको पृष्ठभूमिमा यसपटक एघार देशहरु आएको बताइएको छ । एक वक्तव्य जारी गर्दै भारतले उसका नागरिकहरूविरुद्ध हमलामा संलग्न आतंककारी नाइकेहरूलाई न्यायको कठघरामा लग्न सबै उपलब्ध उपायहरू अपनाउने जनाएको छ ।
राष्ट्रसंघका निम्ति चिनियाँ कूटनीतिक कार्यालयले पत्रकारहरूलाई उसले एक ’जिम्मेवारपूर्ण व्यवहार’ को समर्थन गर्न खोजेको तथा उक्त मुद्दाबारे ’सम्बन्धित पक्षहरूसँग वार्तालापमार्फत’ समाधान गर्न खोजेको बताएको एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएकोे छ । पत्रकारहरुसंग कुरा गर्दै संस्थाहरूसँग कुरा गर्दै मसुद अजरलाई आतंकवादी घोषणा गर्ने पर्याप्त आधार भएको तथा यदि चीनले अवरोध गरिरहे ’अन्य बाटो’ अपनाउन सकिने संकेत पश्मिीमी कुटनीतिज्ञहरुले गरेका छन ्। अमेरिका अन्य बिकल्पको खोजीमा रहेको समेत बताइएको छ ।

त्यसो त जैशको अर्थ मोहम्मदको सेना हुन्छ । यो संस्थाको एउटा एैतिहासिक गतिबिधिमा दुर्भाग्यबस नेपालको राजधानी काठमाण्डौको नाम पनि जोडिएको छ जसले नेपालको अन्तराष्टिय बिमानस्थलको त बदनाम गरेको छ नै नेपालको पर्यटन ब्यबसायमाथि पनि धावा बोलेको छ । सन् १९९९ मा भारतीय बिमानसेवाको जहाज काठमाण्डौ बिमानस्थलबाट अपहरण गरेर तालिबान नियन्त्रित कन्दाहार लगिएको थियो जुन अपहरणको योजनामा काठमाण्डौ स्थित पाकिस्तानी राजदूताबासको भूमिका समेत प्रत्यक्ष भएको खबर त्यो बेलाका सबैजसो नेपाली तथा भारतीय अखबारले प्रकाशित गरेका थिए । त्यो बेला काठमाण्डौ स्थित पाकिस्तानी राजदूताबासको भारतीय जहाजमा अपहरणमा संलग्नता र अहिले आएर चीनले आतंकबादी मसुद अजहर बिरुद्ध राष्टसंघ सुरक्षा परिषदमा अन्तराष्टीय आतंकबादी घोषणा गर्न अबरोध गरेपछि मसुदको पछाडि पाकिस्तान रहेको स्पष्ट खुलेको छ यो कुरा अब गोप्य कुरा रहेन । त्यो अपहरणका पछाडि पाकिस्तान सरकारको हात भएको कुरा अब स्पष्ट मात्र रहेन खुलेर मैदानमा आएको छ सबैकोणबाट । भारतले पाकिस्तानको गुप्तचर संस्था आई एस आईले नै त्यो जहाज अपहरणमा मसुद अजहरको टिमलाई प्रत्यक्ष सघाएको दाबी गरेको मिडिया रिपोर्टको पृष्ठभूमिमा यो पछिल्लो दृष्यहरुले पर्दा खोलिरहेको छ । नेपालको राजधानी काठमाण्डौको त्रिभुबन अन्तराष्टिय बिमानस्थलबाट इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका थिए ्। त्यतिखेर सो विमानलाई काठमाण्डौबाट अपहरण गरेर तालिवानशासित अफगानिस्तान पुर्याइएको थिया े। बीबीसीका अनुसार अफगानिस्तानमा रहँदा अजहरले भूतपूर्व तालिवान नेता मुल्लाह ओमार तथा अल कायदाका पूर्ब नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ ।
भारतको केन्द्रीय संसदमा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको आरोप भारतले जैश ए मोहम्मदमाथि लगाएको छ । उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगाएको भनिएपनि त्यो केबल देखाउने दांतका रुपमा आएको भारतीय सुरक्षाबिज्ञहरुको तर्क छ । तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल(मुजाहिद्दीन तथा तेहरिक ए फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको समेत समाचार स्रोतहरुले बताएका छन ।
पछिल्लो समयमा भारतले सन् २०१६ को जनबरीमा पाकिस्तानी सीमानजिकै रहेको पठानकोटस्थित हवाई सैन्य अखाडामा भएको आक्रमणका निम्ति जैश ए मोहम्मदलाई जिम्मेवार ठहर्याएको छ थियो । सो घटनामा तीन जना सुरक्षाकर्मी मारिएका थिए । सन् २०१७ को डिसेम्बरमा भारतीय फौजले जैश ए मोहम्मदका कमान्डर नुर मोहम्मद तान्त्रेलाई मारिदिएपछि उक्त समूहलाई ठूलै धक्का लागेको ठानिएको थिया े। तर हिंसा रोकिएन । बीबीसीका अनुुसार द प्रिन्ट नामक एक भारतीय सञ्चारमाध्यमका अनुसार गोप्य रूपमा त्यहाको आइएसआईबाट प्राप्त पाकिस्तानी समर्थन नै सम्भवत सो सङ्गठनको लगातार विस्तार भइरहनु पछाडिको कारण हुनसक्छ । पाकिस्तानले सो समूहको रक्षा गर्ने गरेको भारतले आरोप लगाइरहेको छ । त्यसो त सन् २००३ मा सो समूहले पाकिस्तानका तत्कालीन नेता परबेज मुशर्रफमाथि घातक आक्रमणको प्रयास गरेको उनी स्वयंले दाबी गरेका थिए यद्दपी यो उनको दाबीको कुनै तहबाट औपचारिक पुष्टि भएको छैन । भारतले पठानकोट र पुलवामा पछि पाकिस्तानको आतंकबादी अखडामा बालकोटमा आक्रमण गरेको छ,। यस अगाडि सर्जिकल स्ट्राइको रुपमा यसपटक खुल्ला रुपमा पाकिस्तानको बालकोट स्थित जैस ए मोहमदको क्याम्पमा । तर राष्टसंघ सुरक्षा परिषदमा चीनले मसुद अजहरको पक्षमा भिटो प्रयोग गरेर उसलाई अन्तराष्टिय आतंकबादी घोषणा गर्न रोकेको घटनाले फेरि एक पटक नेपाली जनतालाई त्यो दृष्यको स्मरण गराएको छ जुन दिन नेपालबाट भारतीय जहाजको अपहरण गरेर तात्कालिक तालिबान नियन्त्रित अफगानिस्तानको कन्दाहार लगिएको थियो जहां नेपालमा अतिथि बनेर आएका एक भारतीय अतिथि रुपेन कत्याल नामका अतिथिको हत्या अपहरित जहाजमा नै भएको थियो । उनी बिबाह पश्चात नेपाल हनिमून मनाउन आएका थिए तर नेपालले आफनो देशमा आएका एक अतिथिदेबो भव अर्थात अतिथि भगवान हुन भन्ने मान्यतालाई पालना गर्न सकेको थिएन अर्थात उनको सुरक्षा गर्न सकेको थिएन त्यसअर्थमा त्यो दिन नेपालको लागि अतिथिदेवता मारिएको दिन कालो दिन थियो । त्यसअर्थमा त्यो जहाज अपहरणका योजनाकार देखि त्यसबाट छुटने सबै नेपाल देशका पनि अपराधी हुन । के यो मान्यतालाई हामीले आजका दिनमा स्थापित गर्न सकेका छौ ंत ? पुलावामा घटनापछि अहिलेसम्मको दृष्यको नेपालले पनि एक पटक आत्मबिश्लेषण गर्नुपर्ने भएको छ । काठमाण्डौबाट जहाज अपहरण गरेर छुटाइएका मसुद अजहरको जैस ए मोहमदले भारतको पठानकोट दिल्लीको संसद भवन र पुलावामा घटना घटाएको छ र त्यो अपहरण नेपालको एकमात्र त्रिभुबन बिमानस्थल प्रयोग गरेर भएको छ । त्यसैले यो प्रकरणमा जेसुकै काकतालीले होस नेपाल कनेक्सन जोडिएको छ । त्यो राडारमा हिजो पाकिस्तान थियो भने आज पाकिस्तानको रक्षाकबच बन्दै चीन पनि जोडिएको छ त्यसअर्थमा नेपालले केबल सन्तुलित कुटनीतिको खोल ओडेर मात्र फुर्सद लिने अबस्था भने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?