भारत समेत इसरोलाई मिसन चन्द्रयान २ को बधाई


छिमेकी भारतको अन्तरिक्ष सम्बन्धी काम गर्ने सस्था भारतीय अन्तरिक्ष अनुसन्धान संगठन –इसरो)ले आफ्नो एउटा महत्वाकांक्षी अभियान चन्द्रयान–२ चन्द्रमामा पठाएको छ यो उसको ऐतिहासिक हो । एक हप्तादेखि अगाडि सामान्य प्राविधिक परीक्षणलाई हेर्दै इसरोले पहिलो प्रक्षेपण स्थगित गरी नयाँ मितिमा चन्द्रयान–२ लाई चन्द्रमामा पठाएको छ यो उसको जिम्मेबारीले अबका दिनमा भारतको अन्तरिक्ष अभियान एउटा नया मिसाल बन्न सक्ने सम्भावना देखिएको छ ।
त्यसो त इसरोले भारतीय समयअनुसार गत सोमबार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरेको थियो । चन्द्रयान–२ को सफल प्रक्षेपणले भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने अमेरिका, रुस र चीनपछि चौथो देश बनेको छ यो सम्पूर्ण भारतीय नागरिकहरुकालागि खुसीको कुरा हो भने भारतसंग खुल्ला सीमा भएका नेपालीहरुकालागि पनि एउटा धेरै खुसीको कुरा हो । खुला सिमानाका बीचमा रहेको छिमेकी मित्र देश भारतले चन्द्रमामा आफ्नो यान दोस्रो पटक पठाएको खबर जति भारतीय जनताका लागि खुशीको विषय हो नेपालका लागि पनि यो त्यतीकै खुशीको विषय हो । भारतको यो खुसीमा नेपाली जनता पनि त्यस्तै खुसी छन ।

त्यसो त इसरोले जनाए अनुसार चन्द्रमामा पठाइएको चन्द्रयानको लागत नौ सय ७८ करोड रहेको छ । जसलाई अमेरिकी यानको तुलनामा धेरै सस्तो मानिन्छ अर्थात एक अमेरिकी अखबारका अनुसार हलिउडको फिल्मको लागत जस्तै जस्तैमा भारतले आफनो मिसन चन्द्रयानलाई अगाडि बढाएको उनीहरुको दाबी हेर्दा आउने दिनमा भारतले अन्तरिक्षमा ठूलै खोज र अनुसन्धान गर्न सक्ने कुरामा कुनै शंका रहेन । अब भारत अन्तरिक्षमा पनि आफ्नो हैसियत बनाउने देश बनेको छ यो उसकालागि ठूलो सफलता हो । यो एसियाका लागि मात्र होइन विश्वका लागि पनि खुशीको कुरा हो , किनभने विज्ञानको चमत्कार अब अमेरिका, रुस र चीनसँग मात्र रहेन यो चमत्कार अब भारतको हातमा पनि आइपुग्यो । त्यस अर्थमा इसरोले चन्द्रमाको दक्षिणी क्षेत्रमा आफ्नो यानलाई लैजाने जुन लक्ष्य गरेको छ यसबाट नयाँ रहस्य र अनुसन्धान प्राप्त हुनसक्ने आशा विश्वका नासा सहित अन्य अन्तरिक्ष संस्थाहरुले गरेका छन् । चन्द्रयानको प्रक्षेपणसँगै भारत पनि अन्तरिक्षसम्बन्धी अध्ययनमा शक्तिशाली देश हुने इसरोको दावी स्वभाविक हो ।
हालै चन्द्रमामा पठाइएको चन्द्रयान २ ले चन्द्रमाको थप अनुसन्धान गर्ने छ भने त्यसले चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान पनि गर्ने छ ।
त्यसो त इसरोले १५० मिलियन अमेरिकी डलर खर्चेर तयारी गरेको अभियान अन्तर्गतको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने कुराले यसमा नासा समेत अरुको पनि चासो बढेको छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् त्यसले दिने नया रहस्य पनि आजका बैज्ञानिकहरुका लागि खुसीको कुरा हुनेछ ।
यसबारेमा भारतको चासो पहिलेदेखि नै थियो । चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो र चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ । भारतको चन्द्रयान २ प्रक्षेपणपछि नासाले आफ्नो भारतीय समकक्षी इसरोलाई दोस्रो चन्द्रमा मिसन चन्द्रयान–२ सफलताका साथ सफल गरेकोमा बधाई दिएको छ । उसले यो सफलताले चन्द्र्रमाको दक्षिणी धु्रवका बारेमा धेरै अनुसन्धान हुने आशा राखेको छ । नासाले भनेको छ– हामी भारतको इसरोलाई चन्द्रयान २ को सफलताका लागि बधाई दिन चाहन्छौं हामी यो अभियान सफलताका साथ अगाडि बढेकोमा गौरवान्वित छौं, नासाले आफ्नो ट्वीटमा भनेको छ ।
त्यस्तै इसरोको चन्द्रयान २ मिसनमाथि आफ्नो टिप्पणी गर्दै वासिङटन पोष्टले एपोलो ११ को ५० औं बार्षिकोत्सवको समयमा यो चन्द्रयान चन्द्रमामा अवतरण हुँदैछ । भारतले २०२२ सम्ममा मानव सहितको चन्द्रयान चन्द्रमामा पठाउने योजना बनाएको सन्दर्भमा उसले भनेको छ– भारतको आफ्नै देशमा उत्पादित तर अरुको तुलनामा सस्तो प्रविधिबाट पठाइएको यो चन्द्रयान अरुको तुलनामा धेरै सस्तो रहेको छ जसले भारतको राष्ट्रिय गौरवलाई उच्च बनाएको छ यो आगामी दिनमा भारतकालागि एउटा महत्वपूर्ण उपलब्धी हुनेछ । वासिङटन पोष्टले इसरोले चन्द्रयान २ पठाउन प्रयोग गरेको प्रविधि र क्षमतालाई हेरेर मूल्यांकन गर्दा यो चन्द्रयान १.८ विलियन बजेटमा चन्द्रमामा अवतरण गर्दैछ भने नाशाले पठाएको यस अगाडिको चन्द्रयान २१.५ विलियनमा मात्र त्यहाँ पुगेको थियो । त्यस अर्थमा भारतको यो मिसन अभियान आर्थिक रुपमा पनि टिकाउ रहेको छ जसमा नासाको तुलनामा यो धेरै कम खर्चिलो रहेको छ । जसबाट भारतको अन्तरिक्ष अभियान धेरै टिकाउ र उल्लेखनीय हुने स्वाभाबिक कुरा हो ।
त्यसो त २ हजार माइल टाढाको यो यात्रा यस कारण पनि चासोको विषय छ , त्यो दक्षिणी धु्रवमा अबतरणको कारण रहेको छ न्यूयोर्क टाइम्सले आफ्नो टिप्पणीमा भनेको छ यो मिसन भारतका लागि एउटा महत्वपूर्ण मिसन हो । यसले भारतलाई अन्तरिक्षको एउटा शक्तिका रुपमा स्थापित गरेको छ । सिएनएनले भनेको छ– २०२२ मा चन्द्रमामा मानवसहित पुग्ने भारतको अभियानलाई यो एउटा ठूलो सफलता हो र भारतको लागि अब मानवसहित चन्द्रअभियान सह बनेको छ । त्यस्तै गार्जिएन अखबारले यो मिसनको बारेमा सबैभन्दा महत्वपूर्ण कुरा चन्द्रमाको दक्षिणी भूभाग महत्वपूर्ण रहेको उल्लेख गरेको छ । त्यस्तै द टाइम्स अफ लण्डनले पनि यसको सफलताले भारतको अन्तरिक्ष अभियानलाई स्वाभाबिक रुपमा अगाडि बढाएको उल्लेख गरेको छ भने चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले यसलाई उच्च महत्वका साथ कभरेज दिएको छ ।

बीबीसीले भने यो अभियान इसरोको अहिलेसम्मका अभियानमा सबैभन्दा सफल र जटिल अभियानका रुपमा टिप्पणी गरेको छ यो जटिल अभियान भएकै कारण यसको महत्व बढेको छ । त्यस्तै पाकिस्तानी अखबार डनले पनि चन्द्रको दक्षिणी भूभागमा पुग्ने यो भारतको अन्तरिक्ष एजेन्सी इसरोको मानवरहित अभियानको समाचार दिएको छ । यसरी एकातिर भारतको चन्द्रमा मिसनको बिश्वभरि प्रशंसा भइरहेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत भारतीय नागरिक सबैले यो अभियान सफल भएकोमा गौरब गरिरहेका छन । यो सफलताले हरेक भारतीय नागरिक गौरब हुनु स्वाभाबिक हो नेपाल लगायत सम्पूर्ण बिश्व पनि गौरबान्वित छ । यो सफल प्रक्षेपणकालागि सम्पूर्ण भारतीय बैज्ञानिक आजका दिनमा बधाइका पात्र छन । भारतले गरेको यो बैज्ञानिक चमत्कारले संसारका अन्य सबैलाई उत्साहित गरेको छ । मिसन चन्द्रमा हिजोको दिनमा धेरै टाढाको मानिसहरुको कथा थियो तर अहिले यो हाम्रो आगन भारतको कथा बनेको छ यो पनि हाम्रा बिज्ञानका बिधार्थीहरुकालागि धेरै उत्साहको बिषय हो । आजको भारतीय जनताको खुसीयालीमा नेपाल र नेपाली जनतामा खुसीयाली मनाउन चाहन्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?