महान महिला योद्धा मंगलादेवी अमर रहुन


आज देशले नेपालको प्रजातान्त्रिक आन्दोलनको एक महान महिला योद्धा मंगलादेबी सिहलाई उनको २३ औं स्मृति दिवसमा स्मरण गरिरहेको छ । नेपाली महिलाहरूलाई आजको नेपालमा राजनीतिक, सामाजिक तथा शैक्षिक चेतना दिएर रास्ट्रपतिसम्म दोहोरिरिएर पुग्ने हैसियत दिलाउने उनी नेपालको एकमात्र महिला नेतृ हुन जसको कसैसँग तुलना हुन सक्दैन । राणाहरुलाई महिलालाई मतदानको अधिकार दिनका लागि दवाव दिएर उनले नेपाली समाजको त्यो कालखण्डमा महिला मुक्तिको विगुल बोकी थिइन । त्यस अर्थमा उनी नेपाली महिला जागरण तथा उत्थानको अभियानकी एउटी महान क्रान्तिकारी महिला थिइन । उनले नेपालको इतिहासमा लोकतन्त्रका लागि गरेको संघर्ष। बलिदान र त्यागले नेपाल महिलाहरुको गौरव गाथा बढाउँदछ । त्यसो त उनी पारिवारिक रुपमा नेपालको लोकतान्त्रिक आन्दोलनका एक महानायक तथा नेपालको एकमात्र शान्तिपुर्ण क्रान्ति २०४६ को जन आन्दोलनका कमान्डर गणेशमान सिहको धर्मपत्नी थिइन् त्यस नाताले उनले पारिवारिक रुपमा जुन दुखको सामना राणा शासनदेखि पञ्चायत शासनमा गरिन त्यो अभूतपूर्व छ । उनका पति गणेशमान सिंह जो लोकतान्त्रिक आन्दोलनको इतिहासमा एसियाका तारा थिए । जसले नेपालको इतिहासमा जनताको आन्दोलन र तात्कालिक राजाले समेत प्रस्ताव गरेको प्रधानमन्त्री पद अस्वीकार गरेर सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री प्रस्ताव गरि राजनीति गर्नेको उद्देश्य केबल प्रधानमन्त्री बन्ने होइन भन्ने सन्देश बिश्व समुदायलाई नेपालबाट दिनु भएको थियोे । त्यस अर्थमा गणेशमान सिंह नेपालको गान्धी हुनुहुन्थ्यो । उहाँको धर्मपत्नी रहेर मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको इतिहास नयाँ पुस्ताका लागी एउटा गौरवपुर्णगाथा हो । ती महान आत्मा मंगलादेबी सिहको २३ औ स्मृति दिबसमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै देशले मंगलादेबी सिंहका नाममा महिलाहरूका लागी कल्याणकारी कामहरू शुरु गरोस् भन्ने कामना असन बजार परिवार गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?