निक्सन लाइब्रेरीमा पोम्पियो र अमेरिका चीन


अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोको चर्चित बक्तब्य अहिले धेरै नै चर्चामा छ तर के अम्ेरिका लोकतन्त्र र मानबअधिकारको मुद्दामा बदलिएको हो वा ब्यापार घाटाको हिसाब किताब मात्र हो । निक्सन लाइब्रेरी लस एन्जलसमा उनले दिएको बक्तब्य चीन बार्े अमेरिकी नीतिको पछिल्लो धारणा हो । अहिले निक्सन लाइब्रेरी नै उनले रोजेको कारण भारत रुस सम्बन्ध र मित्रतालाई अरुले बुझने शैलीमा काउण्टर गर्दै अमेरिकाले अमेरिका चीन सम्बन्धको नयाँ अध्यायको शुरुआत गरेकोे थियोे निक्सनको पालामा । लोकतन्त्र र मानबअधिकारको अमरिकीे बिचारधारालाई बन्धक बनाएर । जसका कारण अमेरिकाको कथित लोकतन्त्र र मानव अधिकारको नारा चीनको कम्युनिस्ट पार्टीसग ब्यापारमा साटासाट भएको थियो र चीनले लाखौं लोकतन्त्रबादी मानव अधिकारबादीको हत्या गरेको बेला अमेरिका ब्यापारिक नाफाको हिसाब किताब गरेर मौन बसेको थियो केबल तेनमेन स्क्वाएरको कुरा छाडेर । आजको दिनसम्म चीनमा कम्युनिष्टहरुको एकदलीय ब्यबस्था रहनुमा पनि अमेरिका नै दोषि छ किनकी चीनले लोकतन्त्र नभएका कारण कुनै अन्तराष्टिय दबाब र अबरोध सहनुपरेन उसको फैलाबट र ब्यापारकालागि जबकि उसको छिमेकमा रहेको क्युवाले कैयौ अबरोध सहनु परेको थियो कम्युनिष्ट देश भएका कारण । अहिले चीन धेरै अगाडि पुगिसक्यो । तर कोही पनि बोलेनन चीनमा लोकतन्त्र र मानबअधिकारको कुरामा ।चीनमा धेरै लोकतन्त्रबादी मारिए मानबअधिकारबादी मारिए कसैले एक शब्द बोल्ेनन किनकी चीनको सस्तो मजदुर अमेरिकी बहुराष्टिय कम्पनीकालागि सजिला हतियार थिए । तर अब चीन हिजोको चीन रहेन जुन अमेरिकाको अनुमान थियो । त्यसअर्थमा निक्सनको अनुमान गलत साबित भइसकेको निष्कर्षमा अमेरिकम पुगेपछि पम्पियो निक्सन लाइब्रेरी पुगेर अमेरिकी नीतीबारे बोले । आजको चीन अपारदर्शी हुनुमा अमेरिका पनि दोषि छ तर त्यसको दोषको भागी अमेरिका हो उसले चिनिया मानबअधिकारबादी र लोकतन्त्रबादीहरुसंग माफी माग्नुपर्छ आफनो गल्तीकालागि । कोभिड १९ ले अमेरिकालाई हल्लायो र योकुरामा अमेरिकाले चीनलाई धेरैतिरबाट शंका गरिरहेको छ त्यसको पर्दा धेरै पछि खुल्दै रहला । अहिले अमेरिकाले ढिलै भए पनि निक्सनको चीन नीतिको गल्तीलाई स्वीकार गर्दै बहादुरीका साथ पछि हटेको संकेत देखाएको छ । यदि यो चपाउने दांत हो भने , यो बिश्व मानव अधिकार आन्दोलन र चिनियाँ लोकतन्त्रबादीलाई भने दीर्घकालीन रुपमा खुसीको कुरा हो । हामी नेपालीकालागि पनि आजसम्म दक्षिण छिमेकीलाई बिश्वको बिशाल लोकतन्त्र भनिरहनु परेकोमा कता कता राष्टबादी नभइने हो कि भन्ने पीडा भएको छ भने त्यो पीडा पनि नहुने । त्यसैले लोकतन्त्र र मानबअधिकारको कुरा गर्ने सबैले एकैस्वरमा भन्ने बेला आएको छ हामीलाई मानब अधिकार र लोकतन्त्र चाहिन्छ भने अरुलाई पनि चाहिन्छ । अन्याय बिश्वको जुनसुकै कुनामा होस त्यसले संसारभरि नै न्यायलाई चुनौति दिइरहेको हुन्छ । नेपालको उत्तरी छिमेकी चीन बिश्वको बिशाल लोकतन्त्र भन्दा हामीलाई पनि गौरब हुनेछ । किनकी हामी त्यो दिनदेखि बिश्वका दुई बिशाल लोकतन्त्रको बिचमा हुनेछौ । यो मेरो कुनै निचोड होइन यो एक लोकतन्त्रबादीको नाताले राखिएको बेचारिक र सैद्धान्तिक मत हो यो मेरो मतसंग असहमत हुने अधिकार सबैलाई ै छ । यो अरुदेशको आन्तरिक मामिलामा हस्तक्षेप गरिएको कुरा पनि होइन । यो एक नागरिकको नाताले मानबअधिकार र लोकतन्त्रको पक्षमा गरिएको बैचारिक पैरबी हो यो बिचारले सबैलाई मित्र ठान्दछ कसैलाई दुश्मन ठान्दैन । यो बिचारले मेरो बिचारमा नेपाल चीन सम्बन्ध नेपाल भारत सम्बन्धलाई सुमधुर नै बनाउंछ । यो बर्गीय रुपले कुरा गर्दा लोकतान्त्रिक बर्गको मित्रतामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?