पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण


प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार

असोज २४ काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

अस्वस्थ महसुस गरेपछि शनिवार उहाँले कोरोना परीक्षण गराउनु भएको थियो । कोरोना संक्रमण भएको जानकारी उहाँले आफ्नो फेसबुकमार्फत दिनु भएको छ ।

उहाँले फेसबुकमा लेख्नु भएको छ , ’गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो ।

हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

मेरा कारणले कसैलाई पर्न जाने असुबिधा प्रति क्षमाप्राथी छु । होसियार रहनु र परि आएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?