माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा अध्यक्ष किराँतीलाई हटाईयो


असोज २७ गते काठमाण्डौ । नेकपा माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी (केन्द्र)ले पार्टी अध्यक्ष गोपाल किराँतीलाई अध्यक्ष पदको जिम्मेवारी वाट हटाउने सम्मको निर्णय गरेको छ ।
पार्टीको यहि असोज २५ र २६ गते काठमाण्डौमा वसेको पोलिट व्युरो वैठकले यस्तो निर्णय गरेको पार्टी निकट आन्तरिक श्रोतले वताएको छ । अध्यक्ष किराँतीलाई पद वाट हटाउने निर्णय संगै कार्यवाहक अध्यक्ष पार्टीका यसअघि उपाध्यक्ष पदमा रहनु भएका तिलक थापालाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

अध्यक्ष किराँतीले विपद सेना र वुद्ध दर्शन माक्र्सवादको चौथौ संगठनक अंक हुने विचार ल्याएपछि पार्टीमा लामो समय देखि विवाद हुदै आएको थियो । पोलिट व्युरो वैठकमा अध्यक्षले कि त रुपान्तरण हुनु पर्ने कि पार्टीको अध्यक्ष पदको जिम्मेवारी छोड्नु पर्ने वहस भएपछि अध्यक्ष किराँतीले आफनो विचारमा पुनर्ःविचार तत्काल गर्न नसक्ने अडान लिनु भएको थियो ।

सो अडान पछि वैठकले पार्टीको सल्लाहाकारको जिम्मेवारीमा रहने गरि अध्यक्षको जिम्मेवारी वाट हटाउने निर्णय गरेको एक पिविएमले वताएका छन । उनका अनुसार आगामी मंसिर ८ गते वस्ने पार्टीको केन्द्रीय समितिको वैठकले अध्यक्ष किराँतीलाई हटाउने निर्णयको अनुमोदन गर्नेछ । तर केन्द्रीय समितिको वैठकले अध्यक्ष किराँतीलाई अध्यक्ष पद वाट हटाउने निर्णयको अनुमोदन नगरे पुन किराँती नै अध्यक्ष हुने सम्भावना पनि रहनेछ । प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्र २०७४ साल जेठ ३ गते एमालेमा विलय हुने समयमा किराँतीले प्रचण्ड वाट ठुलो संघर्ष गरि माओवादी केन्द्र पुर्न गठन गरि पार्टी जोगाउनु भएको थियो । त्यसपछि २०७५ साल फागुन १ गते देखि ३ गते सम्म काठमाण्डौमा भएको पार्टीको ८ आठौं महाधिवेशनले किराँतीलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?