डुडुवामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन


मिति : ६ कार्तिक २०७७, बिहीबार

कार्तिक ६ बाँके । डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको वुधवार उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनकोर एक कार्यक्रमका विच उदघाटन गर्दै गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
उहाँले गाउँपालिका अन्र्तगत रहेका दुरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो ।
अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।


गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा पहिलेदेखि स्वास्थ्य केन्द्रको भवन रहेको र वडा नंं ४ मा स्वास्थ्यको भवनको अभावमा सेवा प्रवाह गर्न असजिलो भएकाले भवन निमार्णपछि सेवा सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको छ ।
४ नंं वडा कार्यालयको परिसरमा निर्मित ३ कोठे भवन संघिय सरकारबाट प्राप्त रु ३५ लाख अनुदान रहेको छ । भवनबाट प्रसुती सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
भवन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, शाखा सहसंयोजक विरेन्द्र घले लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?