२९ लाख रकम सहित पक्राउ परेका जुवाडे सार्वजनिक


मिति : १४ कार्तिक २०७७, शुक्रबार

कार्तिक १४वाँके । नेपालगंज वाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का नवीन घिमिरे, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं. ४ का पब्लु भण्डारी, सोही ठाउँका तरुण गौतम, नेपालगञ्ज वडा नं. ७ का रवीन राणा, नेपालगञ्ज वडा नं. ४ का सन्तोष वली, सोही ठाउँका कृष्णबहादुर सुवेदी र नेपालगञ्ज वडा नं. १ का रहमान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ४६ वर्षीय कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैं जानु भएको थियो ।
राना नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्लाको टोलीले वलीको घरमा छापा हानेर तलासी लिँदा दस जुवाडेसहित २९ लाख ४८ हजार ७ सय रुपैयाँ नगद बरामद भएको रानाले बताउनु भएको छ ।
पक्राउ परेकामध्ये नेपालगञ्ज वडा नं. १ का रहमान मियाँ नेपालगञ्जका व्यापारी हुन् । पक्राउ परेका अन्य प्रायः सबै व्यापारी तथा जग्गा व्यापारीहरू रहेको प्रहरीले बताएको छ ।
बुधबार बेलुका सवा ८ बज्दा नबज्दै प्रहरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित कृष्णप्रसाद वलीको घर घेराउ गरिसकेको थियो ।
वलीको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वलीको घर घेर्न पुगेको थियो । जसको नेतृत्व जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफैंले गर्नु भएको थियो ।
केहीबेरको घेराउपछि प्रहरीले परिचय दिएर ढोका खोल्न आग्रह ग¥यो। तर, ढोका तत्कालै खोलिएन । केही समय ढिलो गरी ढोका खोलियो ।
त्यसपछि प्रहरीभित्र प्रवेश ग¥यो। ‘प्रहरीलाई छक्याउन जुवाडेहरू टिका लगाएको अभिनय गर्दै थिए,’ एसपी रानाले भन्नु भयो , ‘कतिपयले बियर खाइरहेको अवस्था देखिन्थ्यो ।’
विश्वासिलो सूचनाका आधारमा प्रहरी पुगेको हुँदा उनीहरूको अभिनयलाई हेरेर मात्रै प्रहरी चुप लागेर बसेन । प्रहरीले तलासी लियो ।

एसपी रानाका अनुसार टीका लगाउने थाली र जमरामुनि लुकाएर राखेका पैसा फेला परे। त्यसपछि कति पैसा दराज र उनीहरू बसेकै ठाउँकै आसपासमा कपडामुनि लुकाएको अवस्थामा फेला परेको एसपी रानाले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?