ओली सरकाकारको राष्ट्रघाती र जनघाती कदम बिरुद्ध सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) लगाएत २२ दल सडकमा


मंसिर ७ गत्ते धनगढीमा विरोध प्रदर्शनको तयारी

कैलाली । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको मुद्दालाई उठान गर्दै बनेको नेकपा (माओवादी केन्द्र) लगाएत विभिन्न २२ दलिय मोर्चाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा व्यापक विरोध प्रदर्शन सहित राजनीतिक शक्तिहरु सडकमा उत्रिने भएका छन ।

सुदुरपश्चिम प्रदेशको अत्तरीयामा हिजो बसेको २२ दलिय मोर्चाको प्रदेश स्तरिय बैठकले विरोधको कार्यक्रम तय गरेको हो । बैठकमा सहभागि विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेताहरुले राज्यको दलालीकरण, माफियाकरण र जनघात, राष्ट्रघातका विरुद्ध संगठित विरोध गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकले विरोधको कार्यक्रम अन्तर्गत यहि मंसिर ७ गते कैलालीको धनगढीमा ओली सरकाकारको राष्ट्रघाती र जनघाती कदम बिरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त विरोध प्रदर्शनलाई भव्य बनाउन राजनीतिक दलहरुले जनपरिचालन र व्यवस्थापनको तयारी गरिरहेको बुझिएको छ ।

बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य रामचन्द्र भण्डारी ‘बद्री’ ले विरोध कार्यक्रम धनगढीमा व्यापक जनसहभागिता सहित गर्ने र त्यसमा सबै राजनीतिक दलहरुले तयारी गर्ने विषयमा छलफल भएको बताए ।

सुदूरपश्चिम प्रदेश स्तरीय २२ दलिय मोर्चाको बैठकमा सहभागि नेता भण्डारीले उक्त विरोध कार्यक्रमको तयारीका लागि विभिन्न राजनीतिक दलहरुले आ आफ्नो तर्फबाट सुझाव सल्लाह राखेको बताए । उनले कार्यक्रममा सहभागि हुनका लागि माओवादी केन्द्रको तर्फबाट आम जनसमुदायमा आह्वान समेत गरे ।

त्यस्तै उक्त बैठकले प्रदेश अन्तर्गत नयाँ नेपाल पार्टीलाई संघर्षको मोर्चामा सहभागी गराउने र कार्यगत एकतामा पनि सहभागिताका केन्द्रमा सिफारिस गर्ने, प्रदेश स्तरमा विरोध कार्यक्रमलाई व्यवस्थित गर्ने, जनसहभागिताको लागि अपिल गर्ने, आन्तरिक छलफललाई व्यवस्थित गर्ने लगाएतको निर्णय गरेको बुझिएको छ ।

२२ दलिय मोर्चामा नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), जनमोर्चा नेपाल, देजमो नेपाल, नेकपा (माले), नेकपा (संयुक्त) लगाएतका राजनीतिक दलहरु रहेका छन । भने हिजो अत्तरीयामा बसेको बैठकमा भने विभिन्न दश राजनीतिक दलहरुको मात्र सहभागिता रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?