राँचुलीका अग्नी पिडितलाई कालिकोटे युवाले गरे राहत संकलन शुरु


मंसिर १५, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ का अग्नी पिडितलाई कालिकोट सेवा समाजले राहत संकलन शुरु गरेको छ । कालिकोट स्थाई घर भएका सुर्खेतमा बस्दै आएका कालिकोटका युवाहरुले पिडितका लागि राहत संकलन शुरु गरेका हुन ।

कालिकोट सेवा समाजका महासचिव राजकुमार परिवारले अग्नी पिडितको पिडालाई आफ्नै पिडा भन्दै सहयोग गर्ने उद्देश्यले सुर्खेतमा रहेका बिभिन्न कार्यालय, संघ संस्था, ब्यापारी लगायत सहयोगि मनहरुबाट सक्दो सहयोग जुटाएर पिपडतको घाउँमा मलमपट्टी लगाउने प्रतिक्रिया दिनु भएको छ । कालीकोट उसैपनि उत्पीडित अझै दलित समुदायको स–सानो वारी पनि छैन । उनिहरुकै घरमा आगलागी हुनु निकै दुखद कुरा भएको महासचिव परियारको भनाई छ ।

मातृभुमिमा परेको संकटमा थोरै भएपनी राहत संकलन गरेर पिडितलाइ सहयोग गर्नका लागि राहत संकलन अभियान शुरु गरेको कालिकोट सेवा समाजका अध्यक्ष लोकेश पोख्रेलले बताउनु भएको छ । सबैबाट हुने सक्दो सहयोग केही दिनमा राहत पिडित कहाँ पुर्याउने र सबैको समन्वयमा पिडितलाइ राहत बितरण गर्ने उहाँको भनाई छ । राहत संकलनमा कालिकोट सेवा समाजका अध्यक्ष लोकेश पोख्रेल, महासचिब राजकुमार परियार, हिक्मत सिंह र खगेन्द्र मल्ल लागायका युवाहरूको सहभागिता रहेको छ ।

शनिवार बिहान राँचुलीमा आगलागी हुदा तीन घर परिवारका १२ वटा घर जलेर नष्ट भएका थिए । दलित वस्तीमा एक घरवाट सुरु भएको आगो छिमेकी घरमा पनि पुगेर खरको छानाले छोयका तीन घर परिवारका १२ वटा परिवार आगलागीवाट बिस्तापित भएका छन ।

प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?