माडीमा वीरगञ्जले ग¥यो विजयी शुरुआत


भरतपुर: चितवनको माडीस्थित वसन्तपुरमा आयोजित राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा पोखीरया–११ वीरगञ्जले विजयी शुरुआत गरेको छ । वसन्तपुर युथ क्लबको आयोजनामा आजदेखि सञ्चालित माडी क्रिकेट कप प्रतियोगिताको उद्घाटन खेलमा पोखरिया–११ वीरगञ्जले गैँडाकोट स्टार्सलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको गैँडाकोटले १९.२ ओभरमा अलआउट हुँदै १५३ रन बनाएको थियो । एक सय ५४ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पोखरिया १७ ओभरमा नौ विकेट गुमाउँदै विजयी भएको हो । सो खेलमा ४१ रन जोड्दै तीन विकेट लिएर २२ रन दिएका पोखरियाका अभिषेक सिंह म्यान अफ दि म्याच घोषित हुनुभयो ।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल आयोजक वसन्तपुर युथ क्लब र देवेन्द्रपुर युथ क्लबबीच हुनेछ भने दोस्रो खेल मकवानपुर क्रिकेट क्लब र भरतपुर स्टार क्रिकेट क्लबबीच हुने आयोजक कमिटीका अध्यक्ष पदम पन्तले जानकारी दिनुभयो । वसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित प्रतियोगितालाई माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल र युवा, खेलकूद तथा सांस्कृतिक समितिका अध्यक्ष रामबन्धु पोखरेलले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

विभिन्न जिल्लाका १६ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । म्यान अफ दि सिरिजले रु सात हजार ५००, बेस्ट ब्यास्ट्म्यानले पाँच हजार, बेस्ट फिल्डरले रु तीन हजार ५००, उदयीमान खेलाडीले रु तीन हजार ५०० तथा प्रत्येक खेलका म्यान अफ दी म्याचले रु दुई हजार र अनुशासित टिमले पाँच हजार तथा सेमिफाइनलबाट बाहिरिने दुईवटै टोलीलाई रु १०/१० हजार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?