सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित


काठमाडौँ : सामाजिक, सांस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियानकर्मी केपी खनाल र रञ्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, व्यापारी सिद्धार्थ गुरुङ, रामनारायाण घिमिरे, समाजसेवी विमल पन्त, नीता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा रानामगर, उत्तम सञ्जेल र लिली थापालगायत हुनुुहुन्छ ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सराहनीय रहेको बताउनुुभयो । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरूप दिन लागिपरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुुलुुकलाई सम्पूर्ण नेपाली जनता खुशी हुने अवस्थामा पु¥याउनुपर्ने बताउनुुभयो ।

सम्मानित व्यक्तित्व तथा एकल महिला नेपालको संस्थापक अध्यक्ष लिली थापाले समाजसेवामा जस्तो आत्मसन्तुष्टि अन्य क्षेत्रमा नपाइने अनुुभव सुनाउनुुभएको थियो । सम्मानले आफूलाई सामाजिक सेवामा तल्लीन हुन थप हौसला मिलेको उहाँको भनाइ थियो ।

अर्का सम्मानित व्यक्तित्व एवं सफाइ अभियान्ता केपी खनालले मुलुकको समृद्धिका लागि सरकारको मात्र मुख ताक्न नहुुने बताउनुुभयो । यातायात विज्ञ देवेन्द्र प्रधानले सम्मानबाट सामाजिक क्षेत्रमा लाग्न उत्प्रेरणा थपेको बताउनुुभयो । सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउनुुभयो । कार्यक्रममा कलाकारहरूले सांस्कृति प्रस्तुति देखाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?