भारत द्वारा खैरहनी गाविस-५, चितवनमा श्री राष्ट्र प्राथमिक विद्यालय, सुल्तानाको लागि नयाँ विघालय भवन निर्माण


विरगंज: भारत सरकारको ने.रू १८.६६ मिलियन आर्थिक सहयोगमा निर्मित श्री राष्ट्रिय प्राथमिक विघालय, सुल्ताना (पुनःनामाकरण आधारभुत विघालय सुल्ताना) खैरेनी गा.वि.स–०५, चितवनको  नयाँ विघालय भवन आज श्री नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज र श्री मेनेजर चौधरी, वडा अध्यक्ष, वडा नं ०७, खैरहनी नगरपालिका, चितवन द्वारा संयुक्तरूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा भारत र नेपालका मित्रहरू लगायत विघालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए ।

भारत सरकारको “नेपाल–भारत विकास सहकार्य” अन्तरगत अनुदान १२ कक्षा कोठा र सरसफार्इ सुविधा भएको दूर्इ तल्ले विघालय भवन निमार्णमा उपयोग गरियो। उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

श्री राष्ट्रिय प्राथमिक विघालयको स्थापना सन् १९७३मा सुल्ताना, चितवनमा भएको थियो । यद्पि, सन् २००४को बाढीमा विघालय पुर्नरूपले ध्वस्त भएको थियो । भारत सरकारको विघालयलार्इ गरिएको आर्थिक सहयोग समुदायका विधार्थीहरूको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धी गर्ने तिर लक्षित छ । विघालय भवन विघालयको जरूरतलार्इ ध्यानमा राखी निमार्ण गरिएको छ ।

यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलार्इ प्रतिविम्वित गर्नुका साथै शिक्षा क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलार्इ थप बल पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?