भारतीय राजदूतावास र काठमाडौं विश्वविद्यालयद्वारा भारतीय स्वतन्त्रताको ७५ औं वर्षमा ‘India@75’ नामक अम्बेडकर जयन्ती मनाइयो


काठमाडौं (असन बजार पत्रिका): भारतीय स्वतन्त्रताको ७५ औं वर्षमा हाल सन्चालन भइरहेको ‘India@75’नामक कार्यक्रमकै एक हिस्साको रुपमा काठमाडौंस्थित भारतीय राजदूतावास तथा काठमाडौं विश्वविद्यालयले यही मिति २०७७ साल चैत्र ३० गते अम्बेडकर जयन्ती मनाउनुका साथै आजको वैश्विक परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकता बारे छलफल कार्यक्रमको आयोजना ग¥यो ।

उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा. केदारनाथ शर्माको उपस्थिति थियो । सो कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले पनि सहभागीता जनाएका थिए ।

उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा वहाँको योगदान बारे प्रकाश पार्नु भएको थियो । भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुसरण गर्न प्रेरित गर्नु भएको थियो । त्यस्तै डा.ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिका बारे चर्चा गर्दै यसमा डा. अम्बेडकरको विशेष भूमिका बारे सबैलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा र स्कुल अफ आर्ट्सका डिन प्राध्यापक डा. सागरराज शर्माले पनि भारतीय समाजको रुपान्तरणमा डा. अम्बेडकरको भूमिका बारे चर्चा गर्नु भएको थियो ।

सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?