अन्तर्राष्ट्रिय आमन्त्रण चौथो मेयर गोल्डकप फूटबल शुरु


भोजपुर: आइतबार चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फूटबल प्रतियोगिता उद्घाटन गर्दै अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा । आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रु ५ लाख र उपविजेताले रु ३ लाख प्राप्त गर्नेछन् । करीब रु ३४ लाखको लागतमा हुने फूटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फूटबल सङ्घबाट रु ५ लाख र चौधरी ग्रुपले रु एक लाख सहयोग गरेको छ भने बाँकी रकम अन्य विभिन्न क्षेत्रबाट सङ्कलन गरिने आयोजक भोजपुर जिल्ला फूटबल सङ्घले जनाएको छ । तस्वीर: युवराज विष्ट/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?