बन्दाबन्दी कोभिड–१९ महामारी नियन्त्रणकोे अन्तिम विकल्प: मोदी


नयाँ दिल्ली: कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताउनुभएको छ ।

कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको उहाँले बताउनुभएको हो ।

देशबासीको नाममा गरिएको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भब काम गरिरहेको पनि बताउनुभयो । उक्त अवसरमा उहाँले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गर्नुभयो ।

भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ए करोड ५६ लाख नौ हजार बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?