सनराइज बैंकका थप दुुुई शाखारहित बैंकिङ सेवा


काठमाडौँ : सन्राइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ ।

दुवै शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या ७६ पुगेको बैंकले जनाएको छ । बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटिएम कार्ड प्रयोग गरी निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरिएको बैंकले आज विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ शाखा, ७६ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर र १६१ एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?