माधवकुमार नेपाल समूह प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने


काठमाडौँ, २७ वैशाख
news_content: नेकपा(एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।
विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उहाँलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।(रासस)ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?