पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार


काठमाडौँ, २८ वैशाख
: पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त हुन भएको छ । उहाँहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।

उहाँहरु कोरोनासङ्क्रमित भएपछि अस्पताल भर्ना हुनु भएको थियो । अस्पतालले पूर्व रानीको प्लाज्माथेरापी बिधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।(रासस)ः
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?