सीआईए अधिकारीले पाकिस्तानको सुन ब्यापारीलाई सोधे आतंकबादी दाउद इब्राहिम कुन ठाउमा छ ?



वाशिंगटन डीसी ृ ( एजेन्सीहरु ) अमेरिकी ड्रग एन्फोर्समेंट एडमिनिस्ट्रेशन (डीईए) र केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए० ) एजेन्टहरूले लाहोरमा जन्मेका सुन व्यापारी मोहम्मद आसिफ हाफिजलाई मुम्बई बम बिष्फोटको योजनाकार दाउदको बारेमा सोधपुछ गरेको थिए । भारतको सबैभन्दा धेरै खोजिरहेको भगौडा दाउदको बारेमा उनीहरुले सोधपुछ गरेका थिए। र संयुक्त राष्ट्र संघीय आतंकवादी दाऊद इब्राहिमको बारेमा सिआइएका अनुसन्धानकर्ताले धेरै नै चासो लिएका थिए ।
हाफिजका वकिलहरूले बेलायती उच्च न्यायालय समक्ष पेश गरेको कागजातमा दावी गरेका छन् कि अमेरिकी ड्रग एन्फोर्समेंट एडमिनिस्ट्रेशन (डीईए) र केन्द्रीय खुफिया एजेन्सी (सीआईए० एजेन्टले )२०१४, देखि २०१७ को बीच दुबईमा आसिफ हाफिजलाई भेटेर उनलाई दाऊद इब्राहिमको बारेमा सोधेका थिए । ,सन १९९३ को बम बिष्फोटको योजनाकार पाकिस्तानी गुप्तचर संस्थाको संरक्षणमा रहका दाउदले गराएको कुरा सार्बजनिक भइसकेको छ ा मुम्बई बम विस्फोट, तोरा बोरा, तालिबानी, कराची व्यापारी जाबीर मोतिवाला र इब्राहिमको वर्तमान स्थानको बारेमा उनीहरुले सोधपुछ गरेको समेत बताइएको छ । अमेरिकी एजेन्टले पाकिस्तानी सुन व्यापारीलाई अंडरवर्ल्ड डन दाऊद इब्राहिमको बारेमा जानकारीको लागि उनीहरूलाई सहयोग गर्न आग्रह गरे। अदालतका कागजातहरू अनुसार द न्युज इन्टरनेसनलले यो रिपोर्ट गरेको छ।
उनीहरूको प्रश्नको जवाफमा हफीजले भने कि उनलाई तालिबान र अफगानिस्तानको बारेमा उनलार्ई केही पनि थाहा छैन तर उनले दुबईमा एकै ठाउँमा सुनको कारोबार गरिरहेका दाऊद इब्राहिमलाई चिनेको कुरा पुष्टि गरे र दुवैले क्रिकेट एकै ठाउँमा हेर्थे र नजिकै बसे तर सम्पर्क पछि हराए। एक दशक पछि जब दाऊद राम्रो ब्यापारी बने उनले दुबई छाडे।
अदालतका कागजातहरू अनुसार आसिफ हाफिजले अमेरिकी एजेन्टहरूलाई भनेका थिए ूमैले थप पुष्टि गरें कि दाऊद इब्राहिम दुबईमा थिए, उनी बॉलिवुडको कुनै पनि कार्यक्रम प्रदर्शनको अगाडि पछाडि बस्ने गरेका थिए र उनी उद्योगमा प्रख्यात थिए। वास्तवमा मलाई त्यो कुरा अहिले पनि सम्झना आइरहेको छ कि कुनै प्रदर्शन सुरु गर्नु अगाडि कलाकारहरूले उहाँलाई सोध्छन् र भन्छन आपकी इजाजत है यसको अर्थ थियो हामीलाई शुरु गर्न हजुरको अनुमति छ कि छैन ।
द न्युज इन्टर्नेशनलको रिपोर्टमा भनिएको छ, कानूनी कागजात अनुसार पाकिस्तानी नागरिक आसिफ हाफिजलाई जब दाऊदको हालको ठाँउको बारेमा सोधिएको थियो कि उनले अमेरिकी एजेन्टहरुलाई भने उनलाई दाऊद इब्राहिम हाल कहाँ छन भनेर थाहा छैन।
एएनआईका अनुृसार डीईए एजेन्टहरूले लाहौरमा जन्मेका व्यापारी जाबीर मोतिवालाका बारेमा उनीसंग जानकारी मागे जसले दुबईमा दाऊद इब्राहिमको मामिला सम्हाल्दै थिए। अदालतका कागजपत्रका अनुसार हाफिजले अमेरिकी एजेन्टहरूलाई भने कि जाबिर सिद्दीक कराचीमा स्टक एक्सचेन्जमा काम गर्ने स्टक ब्रोकर हो तर अरू केहि पनि थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?