अफगानिस्तामा तालिबानको कब्जा पछि महिलाहरुको अध्यारो युग फेरि शुरु


काबुल ( अफगानिस्तान ) ३१ असार ।अफगान महिलाका लागि अन्धकारका दिनहरु फर्कने, तालिबानले नयाँ कब्जा गरिएका क्षेत्रमा पुनस् दमनकारी कानून लागु महिलाहरुकालागि उनीहरुको समाज जेल बन्द गरेको समचारलै फेरि एक पटक सभ्य संसारलार्ई आतंकित बनाइदिएको छ ।
अफगानिस्तानमा नयाँ क्षेत्रहरू कब्जा गरेपछि तालिवानले तत्कालै अफगानिस्तानमा दमनकारी कानून र प्रतिगामी नीतिहरू लागू गरेको छ । उनीहरूले २००१ को पुरानो शासनको शैलीमा इस्लामी शरिया कानूनको संस्करण लागू गरेका छन ।
फरुड बेजान र मुस्तफा सरवरले तालिबानको क्रुरताको बारेमा भनेका छन कि तालिबानीले पक्राउ गरेका इलाकामा बसोबास गरिरहेका दशौं हजार अफगानी महिलाहरूको लागि दमनकारी उपायहरूको पालना उनीहरुको नया पीडा र कठोर वास्तविकता हो। जब यो अफगानिस्तान शासन बिगतमा शासन गरेका थिए त्यो बेला तालिवानले महिलाहरुलाई टाउकोदेखि खुट्टाको औंलासम्म कवच बनाउन लगाएका थिए भने उनीहरूलाई घरको बाहिर काम गर्न प्रतिबन्ध लगाइएको थियो भने , केटीहरूको शिक्षालाई सीमित बनाइएको थियो कुनै महिलाहरुलाई घर छोडेर बाहिर जानु परेमा उनीहरुको पछि पछि एक पुरुष नातेदारसँगै आउन बाध्य गरिएको थियो।
ती नीतिहरूमध्ये धेरैजसो पुराना नीतिहरु अहिले तालिवानको नियन्त्रणमा रहेका क्षेत्रहरूमा फर्केका छन्, । अफगानिस्तानको उत्तरपूर्वी गाउँका बासिन्दाहरूले भने। तालिबानले बारम्बार दावी गरेको भए पनि यो यो कुरामा उनीहरुको नीति बदलिएको छैन ।
ूयसभन्दा पहिले म मेरालागि सामान किन्न बजारमा जान सक्थें,ू उत्तर पश्चिमी प्रान्त फरियाबको शिरीन तागब जिल्लाकी महिला मोनिराले भनिन्। ूम कपालमा जान सक्थें। मैले कपाल लगाउन सक्थें।ू तर अब मैले त्यसकालागि तलिबानको आदेश लिनु पर्छ । दुइ हप्ता अगािड अमेरिकी सेना फर्कन थालेपछि मेरो सबै स्वतन्त्रता खोसिएका छन म एउटा अध्यारो युगमा प्रबेश गरेजस्तो भएकी छु । १७ बर्षीय सराहले भनिन जब तालिबानले उनीहरुको भूभागमा कब्जा गरे उनीहरुको स्कुल बन्द भएको छ उनीहरुको शिक्षाको कुनै ग्यारेण्टी छैन । mतलिबानहरुले कब्जा गरेका गाउहरुबाट मानिस भागेर प्रान्तिय शहरतिर बसाइ सरेर शरणार्थीको रुपमा जम्मा भइरहेका छन । त्यो मात्र होइन एकल महिला र अबला महिलाहरुलाई तालिबानी लडाकुहरुसंग जबजस्र्ती बिबाहकालागि पनि दबाब दिदै उनीहरुलाई सम्पूर्णरुपमा तनाब दिदै आएको यो घटनाले अफगानिस्तान आउने दिनकालागि महिलाहरुको लागि अध्यारो देश बन्ने बाटोमा अगाडि बढेको छ । (एजेन्सीहरुको सहयोगमा असन बजार पत्रिका )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?