भारतीय प्रधानमन्त्री मोदीको देउवालाई बधाइ तथा शुभकामना


नया दिल्ली । ( असन बजार पत्रिका ) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट बिश्वास मत लिएको आधा घण्टा पनि बित्न नपाउदै बधाई तथा शुभकामन सहित टवीट गर्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदीले देउवाको सफल कार्यकालको कामना गदै प्रधानमन्त्री देउवासंग मिलेर काम गर्न आफु इच्छुक रहेको समेत बताउनु भएको छ । मोदीले जनस्तरमा नेपाल भारत बीच रहेको सम्बन्धलाई अझ बलियो बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा भारतीय प्रधानमन्त्री मोदीले गर्नु भएको छ ।
यस अगाडि बिश्वासको मत लिने क्रममा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले दुइ छिमेकी देशसंग नेपालले मित्रवत सम्बन्ध राख्ने प्रतिबद्धता सार्बजनिक गर्नु भएको थियो । देउवाले नेपाल र भारतबीच खुल्ला सीमा रहेको र सांस्कृुतिक सम्बन्ध नागरिक तहमा रहेको कुृरा महत्वका साथ उठाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?