केसीद्वारा मुख्यमन्त्री पदको सपथ


रुपन्देही: लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा आज साँझ आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहणपछि मुख्यमन्त्री केसीले आजैदेखि कार्यभार पनि सम्हाल्नुभएको छ ।

यसअघि दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क)बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?