भारत सरकारको तर्फबाट नेरु. आठ करोड बराबरको राहत सामाग्री हस्तान्तरण


काठमाडौं: मिशन उप–प्रमुख श्रीमती नामग्या खम्पाले भारत सरकारको तर्फबाट नेरु. आठ करोड बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष श्री नारायण ढकाललाई हस्तान्तरण गर्नुभयो। नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन्। बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?