मन्त्री यादवद्धारा पदभार ग्रहण


धनुषा: प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गर्नुभएको छ । यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो ।

सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरी सक्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?