बाढी पिडित राहत सामाग्री हस्तान्तरण


बीरगंज (असन बजार): बुधवार, १ सेप्टेम्बर २०२१, भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत नितेश कुमार ज्यु द्वारा मा. चन्दा चौधरी संसद एवमं अध्यक्ष, नेपाल-भारत महिला मैत्री समाज (NIWFS), ज्युलाई बाढी पिडितहरूको लागि राहत सामग्रीको एक खेप हस्तान्तरण गरियो। तत्पश्चात कुमार र मा.चौधरी ज्युले संयुक्त रूपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब सय जना बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याट हस्तान्तरण गर्नुभयो। हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका प्रसिद्ध नेताज्युहरू तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित थिए ।


NIWFS लाई हस्तान्तरण गरिएको राहत सामग्रीमा Big Size Tents, Family Rigid Tent (Single Fly), Family Rigid Tent (Double Fly), Plastic Sheets र Sleeping Mats सामेल छन् जुनकि नेपाल को प्रदेश नं २ का ६ वटा जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । भर्खरै आएको बाढी र जनधनको क्षतिलाई ध्यानमा राखी पूरै खेप NIWFS मार्फत स्थानीय प्रशासन संग समन्वय गरी प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा वितरण गरिनेछ।
उक्त उपहार नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको नियमित मानविय सहायता र नेपाललालाई विपद् राहत सहयोगको हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?