अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने


काबुल, २२ भदौ ( एजेन्सीहरु )

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । सीएनएनका अनुसार यो तालिबानीहरुको हार्डलाईन सरकार हो । यसलाई पाकिस्तानको गुप्तचर संस्थाको खुल्ला समर्थन रहेको बताइएको छ । आइएसआई प्रमुख जनरल हमिद काबुलमा डेरा गरेर बसिरहेका छन ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।

एएफपीका अनुसार बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन हुनुभएको छ । पाकिस्तानको गुप्तचर संस्था आइएसआईको राजनीतिक हस्तक्षेपमा तालिबानले नया सरकार बनाएको खबर अफगानिस्तानमा फैलिएपछि काबुलमा महिलाहरुले पाकिस्तानी राजदूताबास अगाडि बिरोध पर्दशन गरिरहेका छन । तालिबानले कतार समेत पाकिस्तान रुस चीन टर्की र इरानलाई सरकार निर्माणको बेलामा बोलाएकोमा इरानले पञ्जशीरको तालिबानी आक्रमणलाई लिएर असन्तुष्ठि जनाएको थियो ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?