कुस्तीका राष्ट्रिय खेलाडीको मृत्यु


महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ”, मृतकका बुवा खड्क भट्टले भन्नुभयो, “केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताउनुभयो । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भन्नुभयो, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?